नक्कली नोट छाप्ने मेसिनसहित ३ जना काठमाडौँबाट पक्राउ

कार्तिक ४, काठमाडौँ । काठमाडौँबाट नक्कली नोट छाप्ने मेसिन सहित ३ जना पक्राउ परेका छन् । 

प्रहरीले विशेष सुराकीको आधारमा काठमाडौँ स्थित बौद्धको नयाँवस्तीबाट  नक्कली नोट छाप्ने मेसिन र ३५ हजार नक्कली नोट सहित ३ लाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेको परिचय सार्वजनिक गर्नु बाँकी रहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जनाएका छन् ।  पक्राउ परेकाहरुमाथी अनुसन्धान भईरहेको डीएसपी बागटीले जनाएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *