हल्लाको पछाडी नलाग्न प्रचण्डको आग्रह

कार्तिक ५, पाँचथर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच  कुनै असमझदारी नभएको जानकारी गराएका छन् ।   

उनले मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई बाेल्दै गर्दै यस्तो जानकारी गराएका हुन् ।   

केही दिनयता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमति कार्यन्वयन नभएको आरोप प्रत्यारोप चलेको खबरहरु बाहिरहेका छन् । यस सम्बन्धमा उनले हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेका छन् ।  उनले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको बताएका छन् । उनले भने ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ, कसैले पनि सहमति तोडेको छैन ।’   

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मात्र आफ्नो दुई घण्टा कुराकानी भएको उनले सुनाउँदै  प्रचण्डले भने, ‘समग्र स्थितिलाई कसरी लैजाने भनेर समिक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं । 

उनले मुलभूत रुपमा सहमति कार्यन्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको पनि बताउँदै आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको पनि बताएका छन् ।  मंगलबार भएको उक्त कार्यक्रममा  प्रचण्डसँगै महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि प्रशिक्षणका पाँचथर पुगेका हुन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *