बीरगञ्जमा बालक अपहरण गर्ने एक पक्राउ

कार्तिक ६, बीरगञ्ज । तीन वर्षिय बालक अपहरण गरेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् ।   

प्रहरीका अनुसार पर्साको वीरगञ्जबाट वीरगञ्ज महानगरपालिका  ३१ प्रसौनी बस्ने रुस्तम देवान लाई पक्राउ गरिएको हो । पक्राउ परेका देवानमाथी पर्सागढी नगरपालिका–३ बढनिहार टोलका बालकृष्ण मैनालीका तीन वर्षीय छोरा आयुषको अपहरण गरेको आरोप छ ।   

अहरणमा परेको भनिएको बालकको भने जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बालकको उद्धार गरिएको छ । पक्राउ परेका देवानमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *