विराटनगर महानगरपालिका–६ मा सरसफाई

कात्तिक  ४, विराटनगर । समुदाय प्रहरी समझेदारी कार्यक्रम अन्तर्गत विराटनगरस्थित वडा नम्बर ६ मा  सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

विराटनगर महानगरपालिका र वडा नम्बर ६ को समन्वयमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले विराटनगर वडा नम्बर ६ स्थित रामपुरमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले यस्ता अभियानले नेपाल म्रमण वर्ष २०२० लगायत सरकारका अन्य अभियानलाई सफल बनाउन मदत मिल्ने बताए ।   

उनले सरसफाईबारे जनता अझै जागरुक हुन आवश्यक रहेकाले यो विषयमा जनतालाई थम शिक्षित र जागरुक बनाउन आवश्यक प्रतिक्रिया दिए ।   

यस्तो अभियानलाई सफल पार्न महानगर सधा तत्पर रहेको प्रमुख पराजुलीले प्रतिबद्धता जनाएका छन् भने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अिधकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मोरङ प्रहरीले आवश्यक सबै खाल्का शान्ति सुरक्षाको  व्यवस्ता मिलाएको बताए । 

उनले सुरक्षाको दृष्टीकोणले ढुक्क भएर आन्तरिक र बाह्य पर्यटकलाई मोरङ जिल्ला भ्रमण गर्न अनुरोध समेत गरे । कार्यक्रमका अध्यक्ष विजय कामतले कार्यक्रम सफल पार्न सहयोगी भूमीका निर्वाह गरेका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले निरन्तरता पाउन आवश्यक रहेको बताए ।   

कार्यक्रममा नेपाल प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी, तथा प्रहरीलगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *