कांग्रेस सांसद आलम निलम्बनमा, खोसियो सेवासुविधा

असोज २७, काठमाडौं । हत्या आरोपमा आइतबार पक्राउ परेका नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलमको सांसद पदका साथै सबै सेवा सुविधा खोसिएको छ । उनी निलम्बनमा परेका छन् ।   

सोमबार संसद सचिवालयले सुचना टाँस गर्दै सांसद पक्राउ परेको सुचित गराउनुका साथै निलम्बनमा परेको जानकारी गराएको हो ।   

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।   

Image result for मोहम्मद आफताब आलम

०६४ को संविधानसभा निर्वाचनका दौरानमा रौतहटमा भएको एक बम काण्डको अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी घटना भएको १२ वर्षपछि पक्राउ परेका हुन् ।   

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ । 

योसँगै आलमले अब थुना अवधिभर सांसदको हैसियतले कुनै पनि कार्य गर्न तथा अधिकार प्रयोग गर्न पाउने छैनन् । उनको पारिश्रमिक, सेवा सुविधा पनि रोकिने छ ।   

मंगलबार सांसद आलमलाई आदलतमा म्याद थपका लागि उपस्थित गराउने रौटहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *