आज नवरात्रको तेस्राे दिनः सृष्टिको प्रतिक कुष्माण्डाको पुजा आराधना गरिँदै

असोज १४, काठमाडौं । आज नवरात्रको तेस्राे दिन कुष्माण्डाको पुजा आराधना गरी मनाइदैछ ।  कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा दशैं घर–घरमा पूजा गरिन्छ । देवी कुष्माण्डा भगवतीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । 

हिन्दू ग्रन्थहरुमा आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको उल्लेख गरेको पाइन्छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । कुष्माण्डा भगवती देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सृजना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । 

कुष्माण्डा माताले लिएकी यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइन्छ । ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । 

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंको चौथो दिन देवी कुष्माण्डाको पूजा आजा गर्ने चलन छ । आज विभिन्न शक्तिपीठ तथा देवीका मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि दिने चलन छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *