पहिलो एल क्लासिको स्थगित भएपछि नयाँ मिति तय

कार्तिक ६ । शनिबार हुने भनिएको बार्सिलोना र रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको स्थगित भएपछि नयाँ मिति तय गरिएको छ । 

आगामी अक्टोबर २६ मा खेलाइने भनिएको यो खेल अब डिसेम्बर १८ मा खेलाइनेछ । 

बार्सिलोनामा पछिल्लो दुई हप्तादेखि भइरहेको विरोध प्रदर्शनका कारण ला लिगाले खेल क्याम्प नाउबाट स्यान्टियागो बर्नाबेउमा सार्न र दोस्रो खेल बार्सिलोनाको घरेलु मैदानमा खेल्न आग्रह गरेको थियो ।  तर, दुवै क्लबले उक्त प्रस्ताव अस्वीकार गरेपछि स्पेनिस फुटबल फेडरेसनको सहमति अनुसार मिति सारिएको हो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =