नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

कात्तिक १३, काठमाडौं । कप्तान पारस खड्काले अकस्मात राजिनामा दिएपछि नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको हो । उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ । 

संघका अध्यक्ष चतुरबहादुर चन्दले केही दिनअघि क्यानको प्राविधिक कमिटी र चिफ कोचसहित हेड कोचको संयुक्त निर्णयबाट मल्ललाई कप्तानको जिम्मेवारी दिने निर्णय भएको बताउँदै आज सार्वजनिक गरिएको बताए । तत्काललाई अर्को ब्यवस्था नहुन्जेल नेपाली राष्ट्रिय त्रिकेट टोलीको नेतृत्व ज्ञानेन्द्र मल्ललाई दिने निर्णय भएको उनले बताए ।   

नेपालले निकट भविष्यमा खेल्ने प्रतियोगिता मंसिर १५ देखि नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अब ज्ञानेन्द्रले कप्तानी गर्नेछन् । ज्ञानेन्द्र सन् २०१४ देखि नेपाली क्रिकेट टाेलीमा छन् । 

ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा राष्ट्रिय टिमको कप्तानी समेत गरिसकेकोले उनको नेतृत्वमा टोलीले राम्रो गर्ने अपेक्षा गरिएको छ । ज्ञानेन्द्रले पछिल्लो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा आफ्नो टिम ललितपुर प्याट्रिओट्सलाई च्याम्पियन बनाएका थिए । 

इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्ट कप्तान पारस खड्काले राष्ट्रिय टोलीको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । खड्काले कप्तानको पदबाट दिएको राजीनामा फिर्ता लिन संघले आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *