आलम काण्डः यही ट्र्याक्टर हो, ‘जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो

कात्तिक ७, काठमाडौँ । बुथ कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ । 

बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो.महताव आलमको भएको प्रहरीको दाबी छ । आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ । 

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =