मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

साग र एशियन सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्रिय महिला भलिबल टोलीको तयारी, अभ्यास थाइल्याण्डमा

असोज ३०, काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि बुधबार थाइल्यान्ड गएको छ ।   

नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको हो । 

बङ्गलादेशमा हुने सेन्ट्रल जोन आगामी कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ । नेपाली टोलीले थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै सातभन्दा बढी अभ्यास खेल खेल्ने नेपाल भलिबल सङ्घले जनाएको छ । 

null

नेपाली टोलीमा अरुणा शाही (कप्तान) कमला पुन, प्रतिभा माली, सरस्वती चौधरी, सङ्गम महतो, निरुता ठगुन्ना, रेश्मा भण्डारी, जानकी भण्डारी, उषा भण्डारी, लक्ष्मी (सोफिया) पुन, हिरा केसी, उषा विष्ट र शान्ति थारु छन् ।   

त्यसैगरी पुनम चन्द, सुनिता खड्का, शान्ति तामाङ, सलिना श्रेष्ठ र आरती सुवेदी छिन् । टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट हुनुहुन्छ भने प्रशिक्षक, सलिना श्रेष्ठ र भरत यादव तथा टिम व्यवस्थापकमा रीता कोइराला रहेका छन् ।  

प्रतिकृयाहरु
Loading...