निलम्बित सांसद आलम भन्छन्- ‘राज्यले षडयन्त्र गर्यो, मलाई फसाइयो’

कार्तिक ३, काठमाडौँ ।  हत्याको आरोपमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई  जिल्ला अदालत रौतहटले पाँच दिनको म्याद थप गरेको छ ।   

स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएर हत्या गरेको  आरोपमा पक्राउ परेका आलमलाई अदालतले अनुसन्धान गर्नको लागि पाँच दिनको म्याद थप  गरेको हो ।   

उनलाई न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पाँच दिनको म्याद थप गरि अनुसन्धान गर्नकोलागि प्रहरीलाई अनुमती दिएको हो । प्रहरीले अदालतमा  सात दिनको थप म्याद मागे पनी अदालतले पाँच दिनको मात्र म्याद थप गरि दिएको हो । 

Image result for मोहम्मद अफताव आलम

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद् रहेको आलमलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको बेला घरमा बम बनाइरहेका बेला विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै  इँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।   

सांसद आलमले भने हुँदै नभएको घटनामा आफूलाई फसाउन खोजेको दाबी गरेका छन् । अदालतबाट बाहिरिँदै सञ्चारकर्मीसँग उनले भने, ‘पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेको केसमा राज्यले षडयन्त्र गरेको छ । मलाई फसाउन खोजिएको छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *