मजदुर बस र मोटरसाईकल जुध्दा प्रहरी जवानको मृत्यु

कातिक २, विराटनगर । दुहबी नगरपालिका २ स्थित दंगा नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ ।  को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको हो ।   

उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडी सवार मोरङ गोबिन्दपुर घर भई हाल सोहि कार्यालयमा कार्यरत प्रहरी किरण कठेत गम्भिर घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *