माोरङमा प्रहरीका ५ स्थानमा नयाँ युनिट थप हुँदै

कातिक ७, विराटनगर । मोरङमा प्रहरीका ५ स्थानमा नयाँ युनिट थप हुने भएका छन् । यसअघि स्थायी र अस्थायी गरी ९२ स्थानमा प्रहरी युनिट भएकामा नयाँ युनिट थप भएसँगै अब ९७ वटा संख्यामा प्रहरी युनिट हुने भएको हो ।   

नयाँ थप भएर आएका युनिटमा बुढीगंगा गाउँपालिकामा प्रहरी चौकी बाँसबारी, ग्रामथान गाउँपालिकामा प्रहरी चौकी तेतरीया कटहरी गाउँपालिकामा प्रहरी चौकी कटहरी, जहदा गाउँपालिकामा प्रहरी चौकी तारेगाम र लेटाङ नगरपालिकामा प्रहरी चौकी बुधबारे रहेकाछन् । 

एउटा प्रहरी चौकीमा १५ जना प्रहरी दरबन्दी कायम गरिएको र चौकी स्थापनाका लागि प्रकृया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । नयाँ थप हुने बाहेक सुन्दरहरैँचा नगरपालिकामा रहेका विराटचोक प्रहरी चौकीको स्तरवृद्धि गरिने भएको छ । 

null

सर्वसाधरणको माग र शान्ति सुरक्षाको अवस्थालाई मजवुद् बनाउने सवालमा आवश्यकता देखिएपछि गरिएको सिफारिसका आधारमा नयाँ युनिट थपका लागि स्वीकृति प्राप्त भएको एसप अधिकारीले बताएकाछन् । यसअघि मोरङमा एक हजार तीन सय दुई प्रहरीको दरबन्दी थियो । अब दरबन्दी संख्या एक हजार तीन सय ७७ हुने मोरङ प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *