च्याम्पियन्स लिगः रियल मड्रिड र क्लब ब्रुगविबीचको खेल बराबरी, पीएसजीका जित

असोज १५, एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको दुई खेलमा रियल मड्रिड र क्लब ब्रुगविबीचको खेल बराबरीमा रोकिएको छ भने अर्को खेलमा पएएसजी विजयी भएको छ ।   

 रियल मड्रिड र क्लब ब्रुगबीचको प्रतिस्पर्धामा २/२ गोलको बराबरीमा खेल रोकिएको हो ।  खेलको ९ औँ मिनेटमा ब्रुगका लागि डेनिसले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।  

३९ औं मिनेटमा फेरि उनले नै गोल गर्दै रियलविरुद्ध २–० ले अगाडि राखे पनि ब्रुगले जित निकाल्न सकेन । किन भने खेलको दोस्रो हाफमा ५५ औँ मिनेटमा रियल मड्रिडले गोल फर्काउँदै खाता खोले । मड्रिडका लागि खेलको ५५ औँ मिनेटमा डिफेन्डर सर्जियो रामोसले गोल गरेका थिए ।  

null

पुनः  रियलले ८५ औं मिनेटमा र्को गोल गर्दै खेल बराबरी गर्न सफल भएको थियो ।  उसका लागि कासेमेरोले गोल गरेका थिए ।   

यस्तै, अर्को खेलमा भने पीएसजीले गालातासेरेमाथि १–०अन्तरले जित हासिल गरेको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलेको ५२ औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । जुन गोल उसलाई तीन अंक दिलाउन पर्याप्त बन्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *