आलमलाई फसाउन खोजिएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध प्रर्दशन गरे

कात्तिक ८, रौतहट । सरकारले पूर्वमन्त्री तथ निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपट्टीसहित प्रदर्शन गरेका छन् । शुक्रबार काँग्रेस कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपट्टी बाँधेर मौन प्रदर्शन गरे । 

नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुमन गौतमले बताए ।   

गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । आज भएको प्रदर्शनमा आलम निकट कार्यकर्ताको मात्र सहभागिता रहेको बताइएको छ । काँग्रेस जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको बताउँदै आफु अनौपचारिकरुपमा शान्तिपूर्ण सहभागिता जनाउने बताए । 

Image result for सांसद मोहम्मद अफ्ताव आलम

आलम पक्राउ परे लगत्तै काँग्रेसका नेता विश्वप्रकाश शर्माले घटनाको निष्पक्ष अनुसन्धानमा सघाउने बताएका थिए । पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईट्टाभट्टामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा छन् । सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । 

शुक्रबार मात्र अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट तेस्रो पटक आठ दिनका लागि म्याद थप गरिएको छ । प्रहरीको विभिन्न अनुसन्धानले आलमले उक्त घटनामा दशी प्रमाण मेटाउन २० जनालाई इट्टाभट्टीमा पोलेर मारेको पुष्टि हुँदै आइरहेको छ । उक्त घटनामा आलमको प्रत्यक्ष संलग्नता रहेको भन्द दुई दर्जन बढिले प्रहरी समक्ष बयान दिइसकेको प्रहरीको भनाई छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *