सामूहिक बलात्कारमा संलग्न ४ जनालाई फाँसी दिने तयारी

कार्तिक १४, नयाँ दिल्ली । भारतको दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ तारिखमा निर्भयाको सामूहिक बलात्कार गर्ने चारैजना दोषी मुकेश सिंह, अक्षय कुमार सिंह, विनय शर्मा र पवन कुमारलाई फाँसी दिने तयारी सुरु भएको छ ।   

तिहाड जेल प्रशासनले मृत्युदण्डविरुद्ध यदि सात दिनभित्र राष्ट्रपतिसँग दयाको गुहार नगरे फाँसीको कारवाही सुरु गरिने जानकारी दिइसकेको छ । 

सर्वोच्च अदालतले गत वर्ष जुलाईमा चारैजनाको पुनर्विचार याचिका खारेज गरेको थियो । तर उनीहरुले अहिलेसम्म दयाको गुहार लगाएका थिएनन् । यो उनीसँग उपलब्ध अन्तिम विकल्प हो । 

तिहाड जेल मुख्यालयले अक्टोबर २८ मा ती तीन जेल अधिक्षकलाई गोप्य चिट्ठी लेखेको थियो जहाँ चारैजना दोषी बन्द छन् । मुकेश र अक्षय जेल नम्बर दुई, विनय जेल नम्बर चार र पवन जेल नम्बर १४ (मन्डोली जेल) मा बन्द छन् । मुख्यालयले पत्रमा चारै दोषीलाई मृत्युदण्डको सजाय सुनाइसकेको बताएको थियो । 

मुख्यालयले सात दिनभित्र उनीहरुको जवाफ पनि मागेको छ । सम्बन्धित जेल अधिक्षकले अक्टोबर २९ मा चारै दोषीलाई हिन्दी र अंग्रेजीमा लिखित नोटिस  दिएको छ । उनीहरुसँग रिसिभिङ पनि लिएको छ । जेल स्रोतका अनुसार यी चिट्ठी पढ्न लगाइएको छ र त्यसको भिडियो रेकर्डिङ पनि गरिएको छ । यसैबीच अक्षय, विनय र पवनका वकिल एपी सिंहले यो मामलामा क्यूरेटिभ पिटिशन दायर गरिएको बताएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *