एयरपोर्ट तोडफोड गर्ने सांसद साधारण तारेखमा रिहा

कार्तिक १, धनुषा । शुक्रबार प्रतिनिधिसभा सदस्य प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । 

राष्ट्रिय जनता पार्टी नेपाल सर्लाहीको सांसद रहेका प्रमोद साह जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले साधारण तारेखमा रिहा  भएका हुुन ।साह रिहा भएसँगै भोलिका लागि घोषणा गरिएको धनुषा बन्द फिर्ता  लिएको राजपाले जानकारी दिएका छन् ।   

जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीका आधारमा पक्राउ परेका उनी अभियोग माग दावी अनुसार नभएको कारण साधारण तारेखमा रिहा भएकोे बताईएको छ । 

जनपुर बिमानस्थल तोडफोड गरेको आरोपमा पक्राउ परेका साहलाई सरकारी वकिल कार्यालयले साहविरुद्ध गैरसैनिक हवाई उडान ऐन २०१५ को दफा ९ (क) को आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको मांगदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । 

साधारण तारेखमा रिहा भएका साहले गत सोमबार बिहान ११ः४० मा जनकपुरबाट काठमाडौँ उडान हुनुपर्ने बुद्ध एयरको प्लेन डिले भएपछी जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टर तोडफोड गरेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *