आजदेखि गैरआवासीय नेपाली संघको विश्व सम्मेलन, राष्ट्रपतिले उद्घाटन गर्ने (निर्वाचन तालिका सहित)

असोज २८, काठमाडौं । आजबाट राजधानीमा नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । एनआरएनएको विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुँदै छ ।
सम्मेलनको जानकारी दिने उद्देश्यले हिजो नै आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका बर्तमान उपाध्यक्ष कुमार पन्तले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए । पन्तले पत्रकार सम्मेलनमा बोल्दै सम्मेलन नेपालको विकास निर्माणमा संघले खेल्ने भूमिकामा केन्द्रित हुने बताए ।
सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र संघलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिनेसमेत बताइएको छ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले होटल ह्यातमा गर्नेछिन् ।

सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० सहभागी उपस्थित हुने बताइएको छ । संघका अध्यक्ष भवन भट्टका अनुसार सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने छ । यसैगरी ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना रहेको छ । सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास गरिएको छ ।
सम्मेलनकालागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरिय आयोजक समिति, संघका अध्यक्ष भट्टको संयोजकत्वमा संघको आन्तरिक आयोजक समिति गठन गरिएको छ ।
बिहिबारसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा संघको भूमिकालगायत सात शीर्षकमा छलफलसमेत हुनेछ भने, महाधिवेशनले निर्बाचनबाट बुधबार संघको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ ।









buy generic cialis online safely
generic cialis no prescription
buy cialis online with a prescription