मौसमः चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हिमपात हुने, मध्य र पूर्वी पहाडी भेगमा पानी पर्ने

कात्तिक ६, काठमाडौँ । नेपालको अधिकांश भूभागको मौसममा बदली आएको छ । अरब सागरको पूर्वी–मध्य भागमा विकशित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारणले मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

विभागका अनुसार देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बांकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ।   

राति भने देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहने तथा बांकी भू–भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागमा हल्का हिमपातको संभावना रहेको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =