आज कार्तिक १३ गते यस्ताे छ बुधवारको पञ्चाङ्ग र राशिफल

वि.सं. २०७६ कात्तिक १३। बुधबार। इ.स. २०१९ अक्टोबर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। द्वितीया, ६:१८ बजेदेखि तृतीया, २९:०८ उप्रान्त चतुर्थी। नक्षत्र– अनुराधा, २५:४५ बजे उप्रान्त ज्येष्ठा। योग– सौभाग्य, १६:१६ बजे उप्रान्त शोभन। करण– कौलव, ६:१८ बजेदेखि तैतिल, १७:३९ बजेपछि गर, २९:०८ बजे उप्रान्त वणिज। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:१३ बजे, सूर्यास्त– १७:२० बजे र दिनमान २७ घडी ६ पला। सर्वार्थसिद्धि योग २५:४५ बजेपछि। 

राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । गरेका काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । 

null

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र बुद्धिको विकास हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पढाइलेखाइमा प्रगति हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा समस्या आउनेछ । अनावश्यक झमेलामा परिएला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मनमा चञ्चलता बढ्नेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विश्वास गरेकाले साथ दिनेछन् । राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक यात्राको योगछ । शुभकार्यको योगछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्राको योग रहेको छ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समाजसेवाका कामबाट लाभ हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिन्ता छाडेर चिन्तन गर्ने समयछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । मित्रताको बन्धन कसिनका साथै दाम्पत्य सुखमा रमाउने समय छ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *