बिराटनगर र ईटहरी जोड्ने मुख्य राजमार्ग समयमै बन्न नसक्दा दुहबी बन्याे धुलाम्य

 कार्तिक ३, बिराटनगर ।  निर्माणाधीन बिराटनगर र ईटहरी जोड्ने मुख्य राजमार्ग समय मै बन्न नसकेर दुहबीको मुख्य बजार धुलाम्य बनेका छन्।  दुहबी नगरका प्रमुख लगायत स्थानीय बुद्धिजीवी , समाजसेवी संचारकर्मी सहित कैयौ पटक बैठकबसी छलफल गर्दा समेत सहमति हुन सकैको छैन । 

पसलहरु सडकमा पर्दा हटाउन नमानेपछि ठेकदार मौन रहदा स्थानीयबासीहरुले हटाउनु पर्ने भनिरहदा ठेकदारले नसुनेपछि सडकको यो दुर्दशा भएको हो। दुहबी बजार भएर दिनँहु हजारौ गाडी गुड्ने भएकोले बजारको मुख्य स्थान डाँगा चौक, ट्राफिक पोष्ट अगाडी र उत्तर बस पार्क अगाडी पुरै धुलाम्य बनेका छन्। 

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदिदा सबारी चालक देखि बिद्यार्थी, र स्थानीयवासी हिडडुलमा समशस्या भएको छ । दुहबी बासीहरुले सडकको धुलोले निकै सास्ती दिएको गुनासो गर्छन । बिहान सफा लुगा लगाएर स्कुल पठायो बेलुका घर फर्किदा चिन्नै नसक्ने भएर फर्किन्छ ।   

दुहबी बजारका स्थानीयवासी रंजित रौनियारको पनि उस्तै गुनासो छ, “हामीलाई हिँड्नै गाह्रो भयो, धुलोले रोगी बनाउने भयो ।” स्थानीय सरस्वती मा बि मा पढ्ने बिद्यार्थीहरु भन्छ्न् बाटोको धुलो र हिलोले प्रत्यक्ष रुपमा तथा अप्रत्यक्ष रुपमा दुबै प्रकारले असर परेको र विद्यालय पुगेसी घर जान र घर गएसी बिधालय जान मन नलाग्ने बताउँछन् । 

दुहबी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधव भन्डारी भन्छ्न् यो समस्या सबैको लागि हो सबैले मिलेर सवधान गर्नुपर्छ। उनका अनुसार बाटो नबनुनजेल नगरपालिकाको पानी ट्याकंरले धुलो उड्ने बाटोहरुमा दैनिक पानी छर्कने कामका लागि पहल गरे पनि खासै असर भने हुन सकेन।   

दुहबी नगरपालिकाका मेयर बेद गच्छदारले यो समस्या आफुले देख्दै भोग्दै आएको भएपनि नगरपालिका तहवाट मात्रै समस्या समाधान हुन नसक्ने भन्दै आफुले सडक विभागमा पहल गरिरहेको बताए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *