जनकपुर विमानस्थल तोडफोड गर्ने सांसदमाथी मुद्दा दर्ता

असोज २८, जनकपुर । मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहमाथी जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । 

उपरीक्षक खनालका अनुसार साेमबार जनकपुर विमानस्थलमामा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेर बाधा अवरोध सिर्जना गरेका कारण उनीमाथी नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले मुद्दा दर्ता गरेको हो 

हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता भएका साहले सोमबार विहान ११ः४० मा  जनकपुरबाट काठमाडौँ उडान हुनुपर्ने बुद्ध एयरको प्लेन डिले भएपछी आक्रोशित हुँदै बुद्ध एयरको काउण्टर तोड्फोड गरेका थिए ।   

कानूनी व्यवस्था अनुसार सो ऐनको अन्तर्गत अपराध गरेको ठहर भएमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान  रहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *