पेशेवर जुवाडे गुरुङसहित थप १० जुवाडे पक्राउ, एक लाख बढी नगद र ५ सय लिटर मदिरा बरामद

कार्तिक ६, काठमाडौं । महानगरी प्रहरी प्रभाग बूढानीलकण्ठले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । 

बृत्तबाट र प्रभागबाट खटेको टोलीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको हो । 

बृत्तका प्रमूख डीएसपी उमेश लम्सालले बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिएको बताए । 

प्रहरीले गुरुङको कोठाबाट ५ सय लिटर अवैध घरेलु मदिरासमेत बरामद गरेको छ । बरामद मदिरा नष्ट गरिएको डीएसपी लम्सालले जानकारी दिए ।   

गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेका पेशेवर जुवाडे हुन् । पक्राउ परे पनि उनले स्थान परिवर्तन गराउँदै जुवा खेलाउने गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =