धरानमा तिहार अघि नै छिमेकी साँझको तयारी

कार्तिक १, धरान ।  हरेक बर्ष तिहारको समयलाई सदुपयोग गर्न आयोजना हुने छिमेकी साँझ यस वर्ष कार्तिक ८ गते हुने भएको छ । 

बि सं २०५५ सालमा नै स्थापना धरान–१२ स्थित चतरा लाईनमा नै स्थापना भएको  छिमेकी युवा समूहले यसपालिको आफनौ २१ औँ छिमेकी साँझको तयारीमा लागेको जनाएको छ । 

समूहले पहिलोपटक २०५५ सालमा तिहारको नजिक स्थानीय कलाकारहरुका प्रतिभा प्रदर्शन कार्यक्रमको रुपमा ‘छिमेकी साँझ’ साँस्कृतिक आयोजना गरेको थियो भने  यसपाली कार्तिक ८ गते तिहारका दिन २१ औ छिमेकी साँझ गर्ने  भएको हो । 

यसपालीको छिमेकी साँझमा सहभागी नव प्रतिभाशाली कलाकारहरुहरु मध्येबाट उत्कृष्ट युवा लाई ‘राइजिङस्टार’ पदकसहित २५ हजार पुरस्कार समेत प्रदान गरिने छ । जुन पुरस्कार अघिल्लो बर्षबाट मात्रै स्थापना गरिएको हो ।  

बिगतमा छिमेकी साँझबाट सुरू गरेका गायक कालाकारहरु कालान्तरमा राष्ट्रिय तहमा चर्चित कलाकारको रुपमा स्थापित भएकाले समूहले आफनो पहिचान ठहर गर्दै यसपाली देखि सो साँझमा सहभागी नव प्रतिभाहरूलाई प्रतिस्पर्धाको आधारमा पुरस्कार र पदक प्रदान गर्ने निर्णय भएको समूहका अध्यक्ष राजेन्द्र राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।   

प्रतियोगितात्मक रुपमा सञ्चालन हुने राईजिङ स्टारको व्यवस्थापन भने धरान सङ्गीत प्रतिष्ठानले गरिरहेको छिमेकी युवा साँझका सचिव सचेन्द्र राईले जानकारी दिए । धरान १२ चतरा लाईन स्थित धरान उपमहानगरपािलकाको मेल गेट अगाडी साँझ ६ बजेपछि सञ्चालन हुने आयोजक छिमेकी युवा समूहले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *