एनआरएनएको सम्मेलनमा राष्ट्रपतिले भनिन्- नेपालमा ढुक्क भएर लगानी गर्नुस्

असोज २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेकी छिन् ।
मंगलबारदेखि सुरु भएको एनआरएनएको नवौँ सम्मेलनको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले नेपालमा लगानीको वातावरण सिर्जना भइसकेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरुलाई लगानी गर्न आह्वान गरेकी हुन् ।
उनले भनिन्, ‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ । आन्तरिक र बाहृय लगानीका वातावरण सिर्जना भइसकेका छन् । ढुक्क भएर लगानी गर्नुस् ।’लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपति भण्डारीले देश विकास र समृद्धि गरेको योगदानको सराहना गर्दै भनिन्, ‘विश्वभर छरिएका नेपालीले स्वस्फूर्त रूपमा गरेको सहयोग देशका लागि महत्वपूर्ण छ । पूर्वाधार विकास तथा लोक कल्याणमा गरेको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको छ ।’








