मोदीको भाषण प्रशारण नगरेका कारण निकालिए टेलिभिजनका सहायक निर्देशक

असोज १६, काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रशारण नगरेको भन्दै सरकारी टेलिभिजन दूरदर्शनका सहायक निर्देशक आर वासुमतिलाई निलम्बन गरिएको छ ।   

३० सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले चेन्नईमा आईआईटी मद्रासको अनुसन्धान केन्द्रमा आयोजित सिंगापुर–इन्डिया हैकथान २०१९ मा गरेको भाषण प्रशारण नगरेको भन्दै उनलाई निलम्बन गरिएको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ ।   

चेन्नईमा दूरदर्शनको सहायक निर्देशक रहेका आर वासुमति सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न असफल भएका थिए ।   

Image result for माेदी

भारतको सार्वजनिक प्रसारण एजेन्सी, प्रसार भारतीको तर्फवाट एक अक्टोबरका जारी एक आधिकारिक सन्देशमा उनलाई निलम्बन गरिएको उल्लेख छ । निलम्बनको सूचनामा कुनै पनि कारण उल्लेख गरिएको छैन । 

यसमा चेन्नईमा कार्यरत रहेका दुरदर्शन केन्द्रका सहायक निर्देशक आर वासुमतिलाई तत्कालका लागि निलम्बन गरिएको मात्र उल्लेख छ ।   

वासुमतिले जानीबुझिकनै प्रधानमन्त्री मोदीको भाषण लाइभ प्रसारण नगरेको आरोप लगाइएको छ। ‘प्रत्यक्ष प्रसारण गर्नुपर्ने स्पष्ट निर्देशन विपरीत भाषणको प्रसारण नगरेको’ आरोपमा उनलाई निलम्बन गरिएको हो।   

प्रधानमन्त्रीले ‘इन्डिया सिंगापुर हैकथन–२०१९’ र मद्रास आइआइटीको ५६औं दिक्षान्त समारोहमा सम्बोधन गरेका थिए । उनले हैकेथोन विजेतालाई पुरस्कार दिनुका साथै भाजपा कार्यकर्तालाई सम्बोधन गरेका थिए ।   

कार्यक्रम प्रत्यक्ष प्रशारण नभएपछि प्रधानमन्त्री कार्यालयले  त्यसको कारण खोजी गरेको थियो । 

डीडी पोडिगईका कर्मचारीको प्रत्यक्ष प्रशारणको अनुमति प्राप्त नहुँदा उक्त दिन प्रधानमन्त्रीको भाषण रोकिएको थियो।तर डीडी नेसनलले भने प्रत्यक्ष प्रशारण गरेको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *