मेस्सीको उत्कृष्ठ प्रर्दशनमा बार्सिलोनाको रवाफिलो जित

एजेन्सी– स्पेनिश ला लिगामा कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

मंगलबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ को विशाल गोल अन्तरले पराजित गर्दा मेस्सीले दुई गोल गरे । उनले दुई गोलका लागि असिस्ट पनि गरे । 

घरेलु मैदानमा बार्साका लागि दोस्रो मिनेटमा नै क्लेमेट लेङलेटले गोल गरेको थिए । त्यस्तै २९ औं मिनेटमा भिडालले गोल गर्दा मेस्सीले दुई गोल गरे । उनले ३४ र ७५ औं मिनेटमा एक एक गोल गरेका थिए । 

Image may contain: 1 person, playing a sport and outdoor

त्यस्तै ७७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए । भालाडोलिडले खेलको १५ मिनेटमा गोल गरेपनि त्यसपछि गोल गर्न सकेन । 

जीतसँगै बार्सिलनो २२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ग्रानडाको २० अंक रहेको छ भने एक खेल बढी खेलकोे एथ्लेटिको मड्रिड २० अंकसहित तेस्रो स्थानमा रहेको छ । 

यहि खेलमा मेस्सीले फुटवल जगतमा ५० फ्रिकिक गोलको आकडा भेट्याए । लामो समय चोट बाट गुज्रिएका मेस्सी लयमा आउँदा बार्सिलोनालाई राहत भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =