सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं । मंगलबार  सुनको मूल्यमा तोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

सोमबार प्रतितोला ७० हजार ४ सयमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय घटेर प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भई रहेको महासंघले जनाएको छ । 

त्यसैगरी सोमबार प्रतीतोला ७० हजार १ सयमा बिक्री बितरण भईरको तेजाबी सुनको मूल्यमा पनि आज तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

Related image

मंगलबार चाँदीको मूल्य भने स्थिर भएको महासंघले जनाएको छ  । सोमबार प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *