शनिबारको दिन पिपलको पूजा गर्नुस्, फलिफाप हुन्छ

कात्तिक २, काठमाडौँ । हिन्दु धर्म शास्त्र अनुसार पिपललाई विष्णुको रुपमा पूजाआजा गर्ने प्रचलन छ । विशेषगरी शनिबारको दिन पिपलको नियमित पूजा गर्ने प्रचलन छ ।
हरेक शनिबारको दिन पिपलको पूजा अराधना गर्नाले सुख र ऐश्वर्य प्राप्ति हुने धार्मिक मान्यता रहेको छ । शनिबारको दिन पिपलको पूजा गर्दा बत्ती बाल्नुका साथै जल वा तेल चढाइँन्छ । साथै पिपलको परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ ।
साथै पिपलको पूजा गर्नाले धन धान्यको पनि वृद्धि हुने पनि विश्वास गरिन्छ ।
null
पूजा विधि
सूर्योदय हुनु पूर्व स्नान गर्ने र स्नानपछि सफा सेतो कपडा लगाएर पिपल भएको ठाँउमा गएर पूजा गर्नु पर्दछ । पूजाका क्रममा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउने गरिन्छ । त्यसपछी धूपबत्ति बालेर दियो सल्काइन्छ ।
पूजाका क्रममा ‘मूलतोः ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणेः अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः’ भन्दै १०८ पटक मन्त्र उच्चारण गरिन्छ ।
यसरी पूजा गर्नाले घरपरिवारमा सुखसम्वृद्धि हुँदै जाने मान्यता रहेको छ । पिपलको पूजा गर्नाले शनि दोष, शनी साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्छ भन्ने धार्मिक मान्यता रहेको छ ।








