सौगात ऋण तथा बचत सहकारी संस्थाको दिपावली तथा छैठको शुभकामना

कार्तिक ३, विराटनगर । सौगात ऋण तथा वचत सहकारी संस्थाको आयोजनामा दिपावली तथा छैठ पर्वको शुभकामना आदान प्रदानका साथै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

शनिबार विराटनगर १३ स्थित सैनिक चोकमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । सैनिक टोल समाज सेवा समिति र हाम्रो आँगन समूहको सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्थानिय बाल कलाकारका साथै व्याण्डहरुको प्रस्तुती रहेको थियो ।   

कार्यक्रममा संस्कृति व्याण्ड, सन्दर्भ व्याण्ड लगायत ३ वटा व्याण्डले आफ्नो प्रस्तुती दिएका थिए ।   

स्थानिय स्तरमा रहेका बालबालिकाहरुको प्रतिभा उजागर गर्न यस्ता खालका कार्यक्रम वर्षेनी राख्ने गरेको  सौगात ऋण तथा वचत सहकारी संस्थाका अध्यक्ष छत्र बहादुर तामाङ्गले बताए । 

सौगात सहकारीले विगतका दिनहरुमा पनि यस्ता खालका विभिन्न सांस्कृतिक, शैक्षिक साथै ज्ञानवद्र्धक विषयमा कार्यक्रम सञ्चालन गर्दै आईरहेको संस्थाका सचिव बद्री न्यौपानेले जानकारी दिए ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *