बालन डि ओरको प्रारम्भिक सूचीमा लिभरपुलका खेलाडीको बर्चस्व, को को परे ?

कार्तिक ५, एजेन्सी । गएको वर्षको विजेता क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच बालोन डि ओरको प्रारम्भिक सुचीमा परेनन् । फ्रेन्च फुटबल एसोसिएसनले सोमबार राति सार्वजनिक गरेको ३० सदस्यीय सुचीमा मोड्रिच परेनन् ।
सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलका ७ खेलाडी परेका छन् । लिभरपुलबाट फरवार्ड मोहम्मद सलाह सँगै साडियो माने, भर्जिल भान डाइक, रोवर्टो फिर्मिनो, एलिसन बेकर, जर्जिन्हो विज्नल्डम र ट्रेन्ट एलेक्सन्डर अर्नोल्ड अटाएका छन् ।
सुचीमा ५–५ पटकको विजेता युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि अटाएका छन् ।

यस्तै अघिल्लो वर्ष च्याम्पियन्स लिगमा सनसनी मच्चाएका डच क्लब आयाक्सबाट यसैसिजन क्लब छाडेकासहित ४ खेलाडी प्रारम्भिक सुचीमा परेका छन् । यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट लियोनेल मेस्सी, मार्क आन्द्रे टेर स्टेगन र यसै सिजन क्लबमा आएकासहित ४ खेलाडी सुचीमा अटाएका छन् ।
यस्तो छ प्रारम्भिक सूची
साडियो माने – लिभरपुल
सर्जियो अगुइरो – म्यानचेस्टर सिटी
फ्रान्की डि जोङ – आयाक्सरबार्सिलोना
ह्युगो लोरिस – टोटेनहम हस्टपर
डुसान टाडिक – आयाक्स
केलियन एमबाप्पे – पीएसजी
टे«न्ट एलेक्सडर अर्नोल्ड – लिभरपुल
डोनी भान डि बिक – आयाक्स
पिएर हेनरिक औवामियाङ – आर्सनल
मार्क आन्द्रे टेर स्टेगन – बार्सिलोना
क्रिस्टियानो रोनाल्डो – युभेन्टस
एलिसन बेकर – लिभरपुल
म्याथ्थिज डि लेग्ट – आयाक्स÷युभेन्टस
करिम बेन्जेमा – रियाल म्याड्रिड
जर्जिन्हो विज्नल्डम – लिभरपुल
भर्जिल भान डाइक – लिभरपुल
बर्नाडो सिल्भा – म्यानचेस्टर सिटी
ह्युङ मिन सन – टोटेनहम हस्टपर
रोवर्ट लेवान्डोस्की – बायर्न म्युनिख
रोवर्टो फिर्मिनो – लिभरपुल
लियोनेल मेस्सी – बार्सिलोना
केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी
कलिडोउ कोउलीवाली – नेपोली
रियाद महारेज – म्यानचेस्टर सिटी
एन्टोइन ग्रिजमन – एट्लेटिको मड्रिडरबार्सिलोना
मोहम्मद सलाह – लिभरपुल
जोओ फेलिक्स – बेन्फिकारएट्लेटिको मड्रिड
इडेन हजार्ड – चेल्सीररियाल म्याड्रिड
मार्किन्योस – पीएसजी
रहिम स्ट्रलिङ – म्यानचेस्टर सिटी








