ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै २ को मृत्यु

कार्तिक ९, रुकुम ।  रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालक र  ट्याक्टरमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । 

रुकुम पश्चिम को चौरजहारी नगरपालिका ९ सल्यानी पधेंराम भे.१ त ५१०७ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा  चालक र  ट्याक्टरमा सवार व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक सानोभेरी गाउँपालिका -१ का २२ वर्षीय महेन्द्र बिक र ट्याक्टरमा सवार सोही ठाउँका २७ वर्षीय चन्द्र बहादुर बिक रहेको प्रहरीले जनाएको छ । 

चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै उक्त ट्याक्टर चालकले नियन्त्रण लिन नसक्दा सडक देखी करिब २० मिटर तल खसेर उक्त दुर्घटना हुन पुगेको हो । 

Image result for ट्याक्टर दुर्घटना

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *