मकवानपुरका माला र पुष्प गुच्छा काठमाडौँमा खपत

कात्तिक ११, मकवानपुर । मकवानपुर जिल्लाको उत्तरी भेगस्थित इन्द्र सरोवर, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न वडाका कृषकले लगाएका सयपत्री, गोदावरी र मखमली फूलको माला र गुच्छा काठमाडौँ र ललितपुरको स्थानीय बजारमा खपत भइरहेको छ । 

ती फूलका माला र गुच्छा क्रमशः ८० देखि १३५ सम्म बिक्री वितरण भइरहेको इन्द्र सरोवर गाउँपालिका–७ सल्लेरी निवासी अगुवा कृषक शुक्रराज लामाले बताए । 

जिल्लाको साविक चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, इपापञ्चकन्या, दामन, पालुङ र भीमफेदी गाउँपालिकासमेतका  एक हजार २३४ कृषकले पुष्पखेती गरेको मकवानपुर जिल्ला समन्वय समितिले जनाएको छ ।   

null

ती कृषकरुले उत्पादन गरेका पुष्प माला र गुच्छा चितवनको भरतपुर, नारायणगढ तथा मकवानपुरको हेटौँडा, मनहरी, लोथरमा खपत भएको र स्थानीय व्यापारीले काठमाडौँ, ललितपुर, चितवन र हेटौँडामा समेत गरी ७० लाख ५० हजार मूल्य बराबरको पुष्प माला र गुच्छा बिक्री गरेको थाहा नगरपालिका–५ का  कृषक हरिकृष्ण कार्कीले बताए ।   

मकवानपुरमा मौसमी तरकारीखेतीका साथै उन्नत पुष्पखेतीबाट कृषक नियमित आर्थिक आत्मनिर्भर बन्दै गएको र ती क्षेत्रमा आधुनिक प्रविधिबाट पुष्प र तरकारी उत्पादनका लागि प्याकेज कार्यक्रम यसै आर्थिक वर्षदेखि लागू गरिने नगरप्रमुख लवशेर विष्टले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *