विजयादशमीकाे टिकाकाे साइत कुन देशमा कति बेला ?

हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ।
विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०७६ सालको बडादसैंमा विभिन्न देशका प्रमुख स्थानका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ। दशमीको मानका आधारमा अमेरिका र क्यानडामा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूले दसैंको टीका असोज २० गते अर्थात् अक्टोबर ७ तारिख, सोमवार लगाउन उपयुक्त हुन्छ।
एसिया, अस्ट्रेलिया, अफ्रिका र युरोपमा भने टीकाको साइत असोज २१ गते अर्थात् अक्टोबर ८ तारिख, मंगलवारलाई निर्धारण गरिएको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।

विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–








