मोरङबाट पन्ध्र जुवाडे नगद सहित पक्राउ

असोज २९, विराटनगर । मोरङको सुन्दरहरैचास्थित  गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । 

मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको सूचना पाएसँगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घर धनी सहित सुन्दरहरैचा ७ बस्ने टेक बहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर, रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिएकाछन्  । 

त्यसैगरी सुन्दरहरैचा ९ का सजाद मिया, सुन्दरहरैचा ११ का जय प्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरे  पक्राउ परेकाछन् । जुवाको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ भने निजहरुलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *