स्वास्थ्य सचिव डा.चौधरीले दिइन् राजीनामा

कार्तिक ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएकी छिन् ।   

उनको राजीनामा स्वास्थ्य मन्त्रालयले आइतबार नै स्वीकृत गरिसकेको छ । विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निक्लिएपछि डा.चौधरीले राजीनामा दिएको बताइको छ ।   

यसअघि नै उनले छाड्न चाहेपनि उनको राजीनामा हुन सकेको थिएन । डा.चौधरी गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा गएकी थिइन् । सोही कारण उनको राजीनामा अवरोध आएको थियो । पछिल्लो पटक चौधरीले सरकारविरुद्ध हालेको मुद्दा फिर्ता लिएपछि मात्रै राजीनामा स्वीकृत भएको हो ।  

सरुवा गरिएकी स्वास्थ्य सचिवले मन्त्रालय छाडिनन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *