सत्यको बाटो नछोड्न कार्यकर्तालाई डा. कोइरालाको आग्रह

काठमाडौं, १ कार्तिक । जतिसुकै कठिन परिस्थिती आए पनी सत्यको बाटो नछोड्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्तालाई बताए ।   

आफु सत्यको बाटोमा हिडिरहेको बताउँदै डा. कोइरालाले भने,‘जस्तो सुकै अप्ठ्यारो अवस्था आएपनी सतमार्गको बाटो छोड्दिन र एक ईन्च पनी डगमगाउने छैन । यही सत्यको मार्ग नै मेरो राजनितीको लक्ष्य हो ।’ 

नेपाली कांग्रेस मोरङ् क्षेत्र नम्बर (६ (ख) ले बिराटनगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई संवोधन गर्ने क्रममा डा. कोइरालाले सरकारले नै सहकार्य र सहमतीको बाटो बन्द गरेकाले मुलुक जटिलता तर्फ धकेलिएको बताए । 

उनले राष्ट्रियता र लोकतन्त्र बलियो बनाउनको लागि कांग्रेसले सहकार्य र सहमतीको ढोका सधै खुला राखेको पनि विश्वास दिलाए । कार्यक्रममा प्रदेश नम्बर १ का अर्थमन्त्री ईन्द्र आङ्बो, प्रदेश– १ का प्रहरी प्रमुख ठाकुर ज्ञवाली, अन्य राजनितीक दलका नेता लगायतको समेत सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *