धरान: गुडिरहेको बस वरको रुखमा ठोक्कियो, ४ जना घाइते
२०७६ कार्तिक १४ गते

कार्तिक १४, सुनसरी । सुनसरीको धरान–८ तिनकुनेस्थित यात्रुवाहक बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को१ख ३५१७ नम्बरको बस दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका हुन् । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसलाई कन्ट्रोल गर्ने क्रममा सडक छेउमा रहेको वरको रुखमा ठोक्किएर सडकबाट तल खसेकाे बसमा सवार यात्रुहरुले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर क्षति भएको छैन ।
२०७६ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








