च्याम्पियन्स लिगः बार्सिलोनाको कठिन जित

कात्तिक ७, काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ । गएराती स्लाविया प्रागसँगको खेलमा कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो । 

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’ को खेलमा बार्सिलोनाले बुधबार राति उसैको घरेलु मैदानमा स्लावियालाई २–१ गोलले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो गोलसँगै कप्तान मेस्सी च्याम्पियन्स लिगको लगातार १५ औं सिजनसम्म गोल गर्ने किर्तिमानी खेलाडी बने । 

खेलमा पहिलो हाफसम्म मेस्सीकै गोलको कारण बार्सिलोनाले १–० गोलको अग्रता बनाएको थियो । तर खेलको ५० औं मिनेटमा जान बोरिलले गोल गर्दै स्लावियालाई १–१ गोलको बराबरीमा ल्याए । 

Image may contain: one or more people, people playing sport and outdoor

त्यसपछि खेलमा जित सुनिश्चित गर्न बार्सिलोनाले आत्मघाती गोल उपहार पायो । खेलको ५७ औं मिनेटमा स्लावियाका पिटर ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोना २–१ गोलअन्तरले अघि रह्यो । र, ९० मिनेट कटाउँदै समुह चरणको खेलमा ७ अंक जोडेर शिर्ष स्थानमा रहन सफल भयो । 

त्यस्तै, समूह ‘एफ’अन्तर्गत नै भएको अर्को खेलमा इन्टर मिलानले बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । बोरुसिया डर्टमन्डलाई २–० गोलअन्तरले पराजित गर्ने क्रममा पहिलो हाफमा र दोस्रो हाफमा समान १–१ गोल गर्दै इन्टर मिलानले जित हात पारेको हो ।  

समुह चरणकाे खेलमा दाेस्राे स्थानमा ४ अंकका साथ इन्टरमिलान छ । समान ४ अंक भएकाे बोरुसिया डर्टमन्ड गाेल अन्तरमा तेस्राे स्थानमा रहँदा स्लाविया प्राग भने १ अंक सहित पुछारमा छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =