दशैंको टीकाः कुन देशमा कति बजेको साइत छ ? (विवरणसहित)
२०७६ असोज १६ गते

असोज १६, काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार विभिन्न मुलुकमा रहेका नेपालीहरुका लागि टिकाको साइतको समय फरक फरक रहेको छ ।
अन्तर्राष्ट्रिय समितिले गरेको पछिल्लो निर्णयअनुसार न्यूजिल्याण्डमा ८ तारेख (असोज २१ गते) बिहान ९ः११ बजे, साउदी अरेबियामा सोही दिन बिहान ९ः३५ बजे, हङकङमा सोही दिन १०ः१ बजे, सिंगापुरमा १०ः२१ बजे, इजरायलमा १०ः४५ बजे, दक्षिण कोरियामा १०ः४१ बजे, थाइल्याण्डमा ९ः४५ बजे, कतारमा १०ः१६ बजे, अबुधावीमा १०ः१ बजे , मलेसियामा १०ः२१ बजे र पोर्चुगलमा ९ः११ बजेको समय निर्धारण गरिएको छ ।

यसअघि पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंमा सन् २०१९ को अक्टोबर ८ (असोज २१ गते) बिहान १०ः३५ बजे टीकाको साइत भएको सार्वजनिक गरिसकेको छ ।
हेर्नुहोस् पुरा सूची
२०७६ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








