लक्ष्मी पूजामा दियो बाल्दा यी कुरामा बिचार पुर्याए लक्ष्मीको बास हुने

कार्तिक ९, । तिहारमा घरलाई झिलिमिल बनाउने परम्परा पहिलेदेखि नै चल्दै आएको छ। घ्यू वा तेलको दियो बाल्दा धार्मीक लाभका साथ साथ स्वास्थ्य लाभ पनि प्राप्त हुने गर्दछ। 

ज्योतिषाचार्य मनिष शर्माका अनुसार तिहारका समयमा घरमा दियो बाल्दा केही कुराको ख्याल राख्दा लक्ष्मीको बास हुने विश्वास छ। 

दियो बाल्दा ध्यान दिनुहोस् यी कुरा 

Image result for लक्ष्मी पूजा

मन्त्र स् शुभम करोति कल्याणं, आरोग्यं धन संपदाम्, शत्रु बुद्धि विनाशाय, दीपं ज्योति नमोस्तुते ।। 

यस मन्त्रको सरल अर्थ शुभ र कल्याण गर्ने, आरोग्य र धन सम्पदा दिने, शत्रु वुद्धिको विनास गर्ने दिपक ज्योतिलाई नमस्कार छ। 

जुन घरमा हरेक दिन बिहान बेलुकी दिप बाल्ने गरिन्छ। त्यहाँ सकारात्मक उर्जा सक्रिय हुने गर्दछ। दिपकको धुँवाले वातावरणमा भएका हानीकारक सूक्ष्म किटाणु नष्ट हुने गर्दछन्। दियोले अन्धकार र नकारात्मकतालाई मेटाएर प्रकाश फैलाउने काम गर्दछ। त्यसैले घरमा विहान बेलुकी दियोको प्रकाश फैलाउन आवश्यक छ। यसले सकारात्मक उर्जाको प्रभाव बनाइराख्छ। 

लक्ष्मी पूजाका दिन वेलुकी मुख्य द्वारमा दियो बाल्नु पर्दछ। यो समयमा देवी लक्ष्मी आफ्ना भक्तको घरमा प्रवेश गर्दछिन्। उनको स्वागतका लागि हामीले मुख्य द्वारमा दियो बाल्नु उत्तम मानिन्छ। 

पूजा गर्ने बेलामा घ्यूको दियो आफ्नो बायाँ हात तर्फ पारेर बाल्नु पर्दछ। तेलको दियो दायाँ हातदिन राख्नु पर्दछ। ध्यान राख्नुहोला, पूजाका समयमा दियो निभ्नु हुँदैन्। दियो देवी देवताको प्रतिमाको ठिक अगाडि राख्नु पर्दछ। कहिलेकाही भगवानको प्रतिमाको अगाडि दियो नराखेर यता उता राख्ने गरिन्छ। यसलाई ठिक मानिदैन्। 

घ्यूको दियोका लागि सेतो कपासको बत्ती बाल्नु उत्तम मानिन्छ। तेलको दियोका लागि रातो धाँगोको दियो उत्तम मानिने गरिनछ। पूजामा खण्डित दियो बाल्न हुँदैन्। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =