दिने भए आलमले बयान

कार्तिक ३, काठमाडौँ ।  स्थानियलाई  इँटा भट्टामा जिउँदै जलाएर हत्या गरिएकाे आरोपमा १२ वर्षपछी पक्राउ परेका कांग्रेस सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलम बयान दिन तयार भएका छन् ।   

यस अघी अदालतमा बयान दिन अस्विकार गर्दै आएका  आलम आइतबार जिल्ला अदालत रौतहटमा बयान दिन तयार भएका हुन् ।   

पहिलोचोटी जिल्ला अदालतमा उनले  वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् भने दोस्रोचोटी आफ्नो स्वास्थ्य खराब भएको भन्दै बयान दिन अस्विकार गरेका थिए ।   

Image result for मोहम्मद अफताव आलम

आलमलाई प्रहरीले गएको असोज २६ गते २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको बेला घरमा बम बनाइरहेका बेला विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै  इँटा भट्टामा जलाएर मारेको आरोपमा पक्राउ गरेको थियो ।   

बिभिन्न बाहनामा अदालतमा बयान दिन अस्विकार गर्दै आएका आलमलाई आइतबार तेस्रो पटक अदालत पेश गर्दा बयान दिन राजी भएका हुन् । जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीका अनुसार न्यायाधीश चाणकमणि अर्यालको पेशीमा  आलमलाई अनुसन्धानका लागि म्याद थप गर्नु पर्ने या नपर्नेबारे अहिले जिल्ला अदालतमा  बहस चलिरहेको छ ।   

हत्या आरोपमा पक्राउ परेपछी आलम पदबाट निलम्बनमा परेका आलमलाई यस अघी जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म म्याद दिएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *