मौसमः पहाडी भू-भागमा पानी पर्न सक्ने
२०७६ कार्तिक १४ गते

कात्तिक १४, काठमाडौँ। अरब सागरको पश्चिमि भागमा रहेको (क्यार) नामाकरण गरिएको चक्रवात बिस्तारै कमजोर हुँदै पश्चिमी-दक्षिणपश्चिमी दिशातर्फ बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अर्को निम्न चापीय प्रणाली अरब सागरको दक्षिणपूर्वि भागमा विकसित भैरहेको र यो प्रणाली पनि उत्तर-पश्चिमि दिशातर्फ बढिरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल देशभरि मौसम सामान्यतया सफा रहेको छ भने आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । पहाडी भू-भागको एक वा दुई स्थानमा भने हल्का वर्षा हुने सम्भावना छ ।
null
त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
२०७६ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








