तेस्रो ए डिभिजन चन्द्रागिरी मेयर गोल्डकप कार्तिक ३० देखि

कात्तिक ५, काठमाडौं । तेस्रो संस्करणको चन्द्रागिरी ए डिभिजन गोल्डकप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै यही कार्तिक ३० गतेदेखि तेस्रो ए डिभिजन चन्द्रागिरी मेयर गोल्डकप सुरु हुने भएको जानकारी गराईएको हो । 

आयोजक दीपशिखा युवा समूहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै गोल्डकपको मिति सार्वजनिक गरेको छ । प्रतियोगिता कार्तिक ३० गतेदेखि मंसिर ७ गतेसम्म चन्द्रागिरी नगरपालिका नैकापस्थित नैकाप खेल मैदानमा आयोजना हुने दिपशिखा युवा समूहका अध्यक्ष रवि वुढाथोकीले जनाकारी दिए । 

विभिन्न ए डिभिजन क्लवको सहभागितामा हुदैं आएको प्रतियोगिताको पहिलो संस्करण ब्राइट फ्युचर युथ समूहले आयोजना गरेको थियो भने दोस्रो संस्करण दीपशिखाले नै आयोजना गरेको थियो ।प्रतियोगिताका संयोजक पुर्व राष्ट्रिय खेलाडी रमेश वुढाथोकीले प्रतियोगितामा आयोजकको दुई टोली सहभागी हुने बताए । 

आयोजकको तर्फबाट दीपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिकाको टोली सहभागी हुनेछ भने त्यसबाहेक ‘ए’ डिभिजनका ८ देखि १० टोलीको सहभागिता रहने छ । 

चन्द्रागिरि नगरपालिका नगर प्रमूख घनश्याम गिरीले चन्द्रागिरिमा राष्ट्रिय स्तरका खेलहरु गराउन पाउँदा नगरकै आर्थिक, सामाजिक र नगरको परिचयमा थप टेवा पुग्दै आएको विश्वास ब्यक्त गरे । उनले यस कपले राष्ट्रिय स्तरमा समेत चर्चा परिचर्चा मात्र नभई खेलको विकासमा एउटा भए पनि इट्टा थप्ने बताए । 

पत्रकार सम्मेलनमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतिस्पर्धा गराइने जनाईएको छ । आयोजकका अनुसार यस वर्ष पुरस्कार राशीमा ५० हजार रुपैयाँ वृद्धि गरिएको छ । तेस्रो संस्करणको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ । 

सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३०÷३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालयन शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *