महराविरुद्ध बलात्कार अभियोगमा अभियोगपत्र दर्ता हुँदै

कार्तिक १४, काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज (बिहीबार) अभियोग पत्र दर्ता हुँदैछ ।   

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि गएको असोज १९ गते पक्राउ परेका महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गर्न लागेको हो ।   

उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने कार्यालयको तयारी छ । प्राप्त जानकारी अनुसार  महरामाथि जबर्जस्ती करणीमा अभियोगपत्र पेस गरिनेछ।   

प्रहरीले अनुसन्धानका सम्पूर्ण प्रमाणहरु सरकारी वकिललाई बुझाइ सकेको छ।  डिएनए परीक्षणको प्रतिवेदन पनि प्रहरीले बिहीबार नै सरकारी वकिल समक्ष हस्तान्तरण गर्दैछ।   

अभियोग पत्र दर्ता भएपछि सम्भवतः बिहीबार नै जिल्ला अदालतमा थुनछेक बहस हुनेछ । सो बहसपछि महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे पक्ष–विपक्षमा बहस हुनेछ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *