पढ्दा पढ्दै पर्खाल भत्किएपछी ७ वर्षिय बालिकाको मृत्यु, एक घाइते

असोज ३०, धनुषा । बिहिबार धनुषाको एक विद्यालयमा पढ्दै गर्दा पर्खाल भत्किएपछी एक ७ वर्षिय बाकिकाका मृत्यु भएको छ  भने एक जना घाइते भएका छन् ।   

धनुषाको जनकनन्दी गाउँपालिकामा ४ मा अवस्थित खजुरीस्थित श्री केएसएचबि उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किँएर ढल्दा सात बर्षिय विद्यार्थी ससना सादा पर्खालले च्यापिएर गम्भिर घाइते भएकी थिइन् ।   

प्रहरीका अनुसार पर्खाले च्यापिएर गम्भिर घाइते भएकी सादाको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैँजादा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । उक्त दुर्घटनामा परी गम्भिर घाइते भएका विद्यार्थी मोहम्मद समीर साफीको भने उपचार भईरहेको ईलाका प्रहरी कार्यालय खजुरीले  जानकारी दिएका छन् । 

प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =