लुटपाटमा संलग्न एक पक्राउ, तीन फरार

कार्तिक ५, महोत्तरी । मंगलबार प्रहरीले बर्दिवासबाट लुटपाटमा संलग्न चार जनाकाे समूह मध्ये एक जनालाई पक्राउ गरेको छ  ।   

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१० स्थित बरमथान बस्ने ३० वर्षीय रबिन तामाङ रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार लुटपाटमा संलग्न ती व्यक्तिहरुले बर्दिवासबाट सर्लाहीतर्फ जाँदै गरको ना. ३ ख ९५६७ नम्बरको ट्रक रोकी चालकलाई कुटपिट गरी चालकको साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटेका थिए ।   

Image result for लुटपाटमा संलग्न एक पक्राउ

पक्राउ परेका तामाङमाथी अनुसन्धान भईरहेको र यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *