विराटनगरका मेयर पराजुलीद्धारा छठ घाटहरुको निरिक्षण

कात्तिक १४, विराटनगर । नेपालीहरुको दोस्रो महान चाड तिहारको विदाईसँगै छठ पर्वको रौनक सुरु भएको छ ।   

विशेष गरी तराई क्षेत्रमा महत्वपूर्ण मानिने छठ पर्व पछिल्लो समय अन्य समुदायले पनि मनाउन थालेका छन् । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई चार दिनसम्म मनाइने यस पर्वको आज पहिलो दिन हो ।   

छठको पहिलो दिनलाई ‘अरवा’ भन्ने गरिन्छ । पहिलो दिन स्थानिय युवाहरु घर नजिकै रहेका नदि, पोखरी, ताल अदि जलासयमा गई किनार तथा बाटो सफा गर्ने चलन छ । आजबाट विराटनगरमा रहेका सिँघिया खोला, मोरङ–सुनसरी सिचाई आयोजनाको नहर र स्थानिय पोखरीहरु सफा गरिएको छ ।   

सोहि क्रममा आज विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले छठ पुजा गर्ने विभिन्न घाटहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । प्रमुख पराजुलीसँगै वडाका जनप्रतिनिधिहरुले विराटनगरको सिँघिया खोला, मन्टा पोखरी, पोखरीया घाट, हाटखोला पुल लगायतका स्थानहरुमा अनुगमन गरेका हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *