बिजयपुरको बरमा मोतीको भिडियो

कार्तिक १, धरान ।  धरानबाट प्रकाशन हुने औजार राष्ट्रिय दैनिकका अध्यक्ष मोतिराज सुनुवारद्धारा ल्याईएको बाटोमै भेट भयो बोलको अडियो गीतको म्युजिक भिडियोको छाँयाकन शुरु गरिएको छ । 

बिहिबार धरान १४ विजयपुरस्थित पर्यटकीयस्थल तीनधारे छेऊमा रहेको बरको रूखमुनि सुनुवारको गीतको म्युजिक भिडियोको छायाँकन सुरु गरेको हो । पूर्वेली लोकभाका समेटिएको गीतमा मोतीराज सुनुवार र गोमा कुलुङको स्वर रहेको छ ।  

मजदुर नेताका रुपमा चिनिएका सुनुवारको यसअघि ‘सुनमाया’ बोलको गीत यस अघि नै सार्वजनिक भइसकेको छ भने  स्थानीय र संसदीय चुनावमा उनले हावा चल्यो सरर‘, एमालेको झण्डा फरर‘बोलको गीत रचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । 

सुनुवारको बाटोमै भेट भयो गीतको छाँयाकन धरानको बिजयपुरसँगै धनकुटाको राजारानीमा शुक्रबार अर्थात आज छाँयाकन हुँदै गरेको स्थलबाट गायक तथा अध्यक्ष सुनुवारले जानकारी दिए ।  

छाँयाकन तथा भिडियो बजारमा ल्याउन समय लाग्ने भएकोले दर्शक श्रोतालाई केही समय भने कुर्नुपर्नै सुनुवारको भनाई छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *