नेपालदेखी भारत जाँदै गरेको बस दुर्घटनाः ६ महिनाको बालकसहित दुई दर्जन घाइते

कार्तिक ३, काठमाडाैँ । आइतबार नेपाल देखी भारत जाँदै गरेको बस दुर्घटना हुँदा दुई दर्जन यात्रु घाईते भएका छन् । 

नेपाल देखी शनिबार साँझ ५ बजे   भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको बस भारतको लखनऊमा दुर्घटना हुँदा दुई दर्जन यात्रु घाइते भएका हुन् ।   

भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ड्राइभरलाई  निदाएका कारण  विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर उक्त दुर्घटना हुन पुगेको बताईएको छ ।   

नमस्ते सुपा देउराली ट्राभल्स प्रालिको  युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बरको भएको यस बसमा दुर्घटना हुँदा २ दर्जन यात्रु घाइते भएको  यस ट्राभल्सका  उपाध्यक्ष कृष्ण शर्माले जानकारी दिएका छन् । ८२ सिट क्षमता भएको यस बसमा गाडीभित्र नै टिकट काट्ने  गरिएकोले बसभित्र के कती यात्रु थिए यकिन साथ भन्न नसकिएको  ट्राभल्सका उपाध्यक्ष  शर्माले बताएका छन् । 

दुर्घटनामा परी घाइते हुनेमा नविन थापा, नन्दु, टेकबहादुर, धनकुमारी थापा, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विष्ट, सुनिता विष्ट लगायत रहेको जानकारीमा आएको छ । उक्त दुर्घटनामा  ६ महिनाको बालक समेत घाइते भएको बताईएको छ । 

 घटनाको बिस्कृत जानकारी भने आउँन बाँकी नै रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *